नियम ३४
न्यायाधिकरणका सदस्य तथा पुनरावेदन सुन्ने अधिकारीको पारिश्रमिक
(१) न्यायाधिकरणका सदस्यहरूले नेपाल सरकारले तोकिदिए बमोजिमको मासिक पारिश्रमिक पाउनेछन् ।
(२) पुनरावेदन सुन्ने अधिकारीले नेपाल सरकारले तोकिदिए बमोजिमको मासिक पारिश्रमिक पाउनेछ ।